उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पूर्णपुष्टि, भदौ २१
उदयपुरमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सोमबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुशासनका हिमायती (जी३) र संगम सामुदायिक पुस्तकालयको आयोजनामा भर्चुवल माध्यमबाट प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा किन्डरमिसन न्युवरक (जर्मनी) को सहयोग र मुख्य साझेदार संस्था मानव अधिकार मञ्च नेपाल, ईलामको रहेको थियो ।
जिल्लामा अझै पनि कोरोनाको त्रास कायमै रहेकोले भर्चुवल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका विभिन्न विद्यालयहरुबाट १३ जनाले प्रतियोगितामा सहभागिता भएका थियो ।
जुम यापबाट ११ बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागी बालबालिकाहरुले कोभिड–१९ ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैल्पिक उपायहरु शिर्षकमा आफ्ना भनाई प्रस्तु गरेको थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृृतिय हुनेलाई २ हजार, १५ सय र १ हजार पुरस्कारकोे व्यवस्था रहेको थियो ।
सो कार्यक्रममा प्रथम प्याराडाइज मा.वि. का सुनल घिमेर, द्धितिय चुहाडे मा.वि.का किसान भट्टराई र तृृतिय क्यानभास एकेडेमीका युमा राई भएको आयोजक संस्थाका अध्ययक्ष भरत खड्काले बताउनु भयो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भएकोलाई २०७८ भाद्र २९ गते हुने प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गराईने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
%d bloggers like this: