Tuesday, March 10News That Matters

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, साउन १५ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी स्थितमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३५ बर्षीय जिवन वि.क. रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार बिहान ६ बजेको समयाम काठमाण्डौँबाट इटहरी तर्फ जादैँ गरेको प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साईडमा पल्टी दुर्घटना भएको हो । दुर्घटनाबाट शरिरको विभिन्न भागमा चोटपटक लागी गम्भिर घाईते भएका विकलाई उपचारको लागी जिल्ला उदयपुर ल्याईएकोमा ७ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।