पूर्णपुष्टि, असोज १४ । उदयपुरमा डेङ्गी संक्रमणबाट एक महिला सहित तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–११ शान्ति नगर टोलकी ६२ बर्षीया इन्द्रकुमारी चौहान, सोही स्थानका ५१ बर्षीय प्रकाश राई र बेलका नगरपालिका–५ खाडखोलका ४० बर्षीय बिजय लुम्बु रहेका छन् ।
डेङ्गु लागेकी चौहानको भदौ १३ गते र लिम्बुको असोज ९ गते धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ । त्यस्तै राईको असोज २ गते उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । हालसम्म उदयपुरमा ८ सय ७० जना डेङ्गु संक्रमित पुष्टि भईसकेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।