
पूणर्पुष्टि, जेष्ठ ३
उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कटारी नगरपालिका ४ का ६३ बर्षिय पुरुषको बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सहित जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १४ पुगको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । आज बिहान मात्रै त्रियुगा नगरपालिका ३ की ५० बर्षिय एक महिलाको पनि धरान स्थित बिपि कोईराला प्रतिष्ठान घोपामा ज्यान गएको थियो ।
जिल्लामा हिजो मात्रै ५ जना संक्रमितले ज्यान गुमाएका थिए । बिहान ४ जना र बेलुका साँझ एक जना गरी ५ जनाले ज्यान गुमाएकोमा आज पनि २ जना संक्रमितले ज्यान गुमाएको छ ।
