Wednesday, June 3News That Matters

उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक २

उदयपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कटारीमा ५ महिलासहित १३ र त्रियुगा नगरपालिकामा ५ महिलासहित १० गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगा नगरपालिका–११ का १४, ३०, ६९ महिला र ३१ वर्षिय पुरुष, १३ नम्बरवडाका २३ र २४ वर्षिय पुरुष, १० नम्बर वडाका ३८ वर्षिय महिला, ३६ र ३९ वर्षिय पुरुष र १२ नम्बर वडाका ३३ वर्षिय महिलामा कोरोन संक्रमण पुष्टि भएको जनाएको छ ।
त्यस्तै कटारी नगरपालिका–३ का १७ र ५० वर्षिय पुरुष, १९ र ४५ वर्षिय महिला, ४ नम्बर वडाका २७, ३२ र ५५ वर्षिय पुरुष, ३७, ३८ र ५० वर्षिय महिला र ५ नम्बर वडाका ३५ र ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।