
पूर्णपुष्टि, कार्तिक ९
उदयपुुरमा दुई दिनदेखि बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको सदरमुकाम गाईघाटस्थित डीएम गेट नजिकै घर भएको ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो ।
विश्वकर्मामा शनिवारबाटै हराएका थिए । आफ्नै घरबाट हराएका एक्कासी सम्पर्कबिहीन बनेका उनको शव सोमबार बिहान साढे ९ बजे त्रियुगा नगरपालिका–१३ पोर्ताहस्थित त्रियुगा नदी किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पोर्ताहका एक स्थानीयले नदीले बगाएर ल्याएको व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै जिप्रका उदयपुरबाट खटिएको टोलीले मुचुल्का तयार पारी लाश पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको जिल्लाका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । पोस्टमार्टमलगतै दाहसंस्कारसमेत गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
