Tuesday, January 14News That Matters

उदयपुरमा दोस्रो प्रदेश महोत्सव सुरु

पूर्णपुष्टि, १ फागुन ।
उदयपुरमा आजबाट दोस्रो प्रदेश महोत्सव सुरु भएको छ । १० दिन सम्म संञ्चालन हुने महोत्सव गाईघाट स्थित बरुवा वसपार्कमा आजबाट सुरु भएको हो । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरेको छ । उद्घाटन सँगै महोत्सव औपचारिक रुपमा संञ्चालन भएको हो ।

महोत्सवमा स्थानीय उत्पादनलाई बिषेश जोड दिएको छ । भने पर्यटन, उद्योगक कृषिलाई पनि बिषेश जोड दिईएको छ । महोत्सवमा प्याराग्लाईडिङ, र्याफटिङ, मनोरञ्जन, ब्यापार जस्ता कुराहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । प्रदेश भरीकै बिभिन्न उत्पादनलाई सो गर्नुका साथै प्रचार प्रसार गरिएको छ । महोत्सव उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री सहित खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा र कृषि उद्योग मन्त्री राम कुमार खत्री, उपसभामुख सिर्जना दनुवार लगायतका बिषेश ब्यक्तिहरुको उपस्थिति रहेका थिए ।