उदयपुरमा धारीलो हतियार प्रयोग गरी राईले गरे श्रीमतीको हत्या, हत्यापछि आफ्नै घाँटी रेटेर घाईते

पूर्णपुष्टि, मंसिर १
उयदयपुरमा धारीलो हत्यार प्रयोग गरी श्रीमानले कान्छी श्रीमतीको हत्या गरेको छ । मंगलबार जिल्लाको लिम्चुङबुङ गाउँपालिका ५ जाँते हिम्माका ७० बर्षिय सन्त बहादुर राईले आफ्नै ५६ बर्षिया श्रीमती चतुरमाया राई माथी धारिलो हत्यार प्रयोग गरी हत्या गरेको हो ।

राईले श्रीमती माथी गरेको धारिलो हत्यारले श्रीमतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । श्रीमतीको हत्या पछि राईले आफ्नै घाँटिमा पनि हत्यारले रेटी घाईते अवस्थामा रहेको उदयपुरका प्रहरी प्रवक्ता (डएसपी) वेद प्रसाद गौतमले जनाएको छ ।

घटाा बारे जानकारी पाउन साथ लिम्चुङबुङ बाट प्रहरी साहयक निरिक्षकको टोली घटना स्थलमा गई घटना स्थल सुरक्षित गरेको र घाईते राईलाई उपचारका लागि जिल्ला हस्पिटल उदयपुर ल्याइएको डिएसपी गौतमले बताए । घटना सम्बधि थप अनुसन्धानको लागि जिल्ला बाट प्रहरी निरिक्षक समेतको टोली घटना स्थल तर्फ गएको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: