Friday, February 7News That Matters

उदयपुरमा नवजात शिशु मृत फेला

पूर्णपुष्टि, माघ ११ । उदयपुरको त्रियुगा नगरपालिका १२ सोनापुरमा एक नवजात मृत शिशु फेला परेको छ । शनिबार बिहान करिब ६ बजे धुर्ब साहको राइस मिल नजिकको वारिमा एक नबजात शिशु मृत अवस्थामा देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए ।

वडा सदस्य लक्ष्मी चौधरीका अनुसार शिशु अवैध सम्बन्धबाट जन्माइएर फालिएको हुन सक्ने शंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शिशु फ्याक्नेको खोजी जारी छ । मृत शिशुको शव पोष्टमार्टेमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।