
पूर्णपुष्टि, १३ माघ ।
पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटी उदयपुरको आयोजनामा भएको फुटवल प्रतियोगितामा सिन्धुली बिजयी बनेको छ । पूर्व जनमुक्ति सेना नेपाल उदयपुर र जनमुक्ति सेना नेपाल सिन्धुली जिल्ला बिचको मैत्रिपूर्ण खेलमा १÷० ले सिन्धुली बिजयी बनेको हो । सिन्धुलीको तर्फबाट मरिण गाउँपालिका अध्यक्ष समेत रहेका बिमर्श मोक्तानले गोल गरेका थिए । अन्तत अध्यक्षको मोक्तानको गोलनै निर्णायक बन्यो ।
लिग चरणमा सिन्धुली र उदयपुरका पूर्व जनमुक्ति सेना, माओवादी नेता, र योङ कम्युनिस्ट लिग (वाईसिएल) गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए । आयोजक संयोजक अर्जुन तामाङका अनुसार महिला र पुरुष पूर्व लडाकु खेलाडीहरूको समान सहभागिता खेलमा देखिएको थियो ।
विजेता टिम सिन्धुलीलाई माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला सचिव तथा एन्फा महासचिव किरण राई, र प्रदेशसभा सदस्य सम्झना पाख्रिन (योद्धा)ले कप र प्रमाणपत्र प्रदान गरे ।
पूर्व जनमुक्ति सेनाहरूलाई पुनर्मिलन गराउने, खेलकुदको माध्यमबाट शारीरिक स्वास्थ्य र सक्रियता कायम राख्ने, साथै परिवर्तनलाई संस्थागत गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक जमुसे जेपाल, उदयपुरले जनाएको छ ।
प्रतियोगितामा १२ ओटा टिम सहभागी थिए ।