Sunday, March 15News That Matters

उदयपुरमा निजी विद्यालयहरुको बस र्याली

पूर्णपुष्टि, १६ भदौ ।
बिस्तारै गैर नाफामुलक र सत प्रतिसत छात्राबृत्तिको व्यवस्था गर्नु पर्ने बुदा संसद बिद्ययकमा पास गर्ने निर्णय गरेपछि उदयपुरमा निजी विद्यालयहरुले वस र्याली गरेको छ । सोमवार उदयपुरको सदरमुकाम गाईघाट बजार लगायत बिभिन्न स्थानमा रहेका निजी विद्यालयहरुले वस र्याली निकालेको हो । गाईघाट स्थित त्रियुगा नगर भित्र रहेका निजी विद्यालयहरुले गाईघाट बजार परिक्रमा गरी ढिम्की मन्दीर, करमगाछी, बोक्से, गैरुन, राजावास, चुहाडे, जलजले, देउरी, बगाहा, मोतिगडा हुँदै गाईघाटकै पिपल चोकमा कोण सभा गरेका थिए ।

प्याव्पसन जिल्ला अध्यक्ष लक्षजंग ठकुरीले नेपाली शिक्षा गुणस्तरमा निजी विद्यालयहरुले ३४ प्रतिसत स्थान ओगटेको जनाए । गुनस्तर शिक्षामा मजबुद बनिरहेका निजी विद्यालयहरुलाई प्रोत्साहन गर्नुका सट्टा उल्टै हतोत्साहित गर्न खोजेको जनाए । नेपालको राजनितिक अवस्था र बिचौलियालाई दोष लगाउँदै निजी विद्यालयहरु प्रति सरकारको दृष्टी बदल्नु पर्ने ठकुरीको माग छ । उनले निजी विद्यालयको स्रोत साधन सम्पत्ति र शिक्षाको गुणस्तर सरकारले लिन सक्छ भने सरकारको कुरा आफुहरु मान्न तयार रहेको समेत उनले बताए । तर यी कुराको जिम्मा लिन नसक्ने सरकारले निजी विद्यालयहरुलाई पटक पटक अपमान गरिरहेको उनको भनाई छ । सोही अवसरमा सोमवार देशव्यापी रुमपै बस र्याली गरिएको हो । यदि माथि उल्लेखित बुदाहरु नसच्चाईएमा हदै सम्मको आन्दोलनमा उत्रिने निजी विद्यालयहरुले सचेत गराएको छ । अध्यक्ष ठकुरीले १८ गते सम्म माग पुरा नभए ३० लाख बिद्यार्थी सहित हजारौँ वस सडकमा तेर्साउने र आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । प्याव्सन, नेशनल प्यावसन, हिसान, अपेन र एमएम र एनएमए को संयुक्त आयोजनामा आन्दोलन भैरहेको छ ।