
पूर्णपुष्टि, चैत्र १३ । उदयपुरमा पत्रकारहरुका लागि निशुल्का आखाँ जाँच सिविर संञ्चालन गरिएको छ । नेपाल पत्रकार माहासंघको ६८ औँ स्थापना दिवसको अवसरमा जिल्लामा रहेको क्रियाशिल पत्रकारहरुलाई उक्त सेवा उपलब्ध गराएको हो । निशुल्क आँखा जाँच सँगै कोभिड १९ बिरुद्धको बुस्टर डोज समेत उपलब्ध गाराईएको छ । आँखा सिविर नेपाल नेत्रज्योती संघ मदन भण्डारी आखाँ अस्पतालको आयोजनामा संञ्चालन गरिएका थिए भने बुस्टर डोज नेपाल पत्रकार माहासंघ उदयपुर शाखाले आयोजना गरेका थिए । उक्त सिविरमा ७४ जना भन्दा बढी पत्रकारहरुले आखाँ जाँचमा प्रत्यक्ष सहभागी जनाएका थिए भने ५४ जना बढीले बुस्टर डोज लागाएका छन् ।

