उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया

पूर्णपुष्टि, कार्तिक १२

उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धी एक दिने अन्तरक्रिया कार्याक्रम भएको छ । प्रादेशिक सञ्चार प्रतिष्ठान विराटनगरको आयोजनामा गाईंघाट स्थित ड्रिमल्याण्ड होटलमा बृहत आचार संहिता कार्यक्रम भएको हो ।

पत्रकारिताको लागि आचार संहिताको अत्यादिक महत्व देखाउँदै यसको परिधिभित्र रहेर पत्रकारहरुले समचार लेख्दा पत्रकारिताको पहिचान हुने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रादेशिक संञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशक यज्ञ शर्माले बताए ।

अन्तरक्रियामा शर्मा स्वयम आफैले प्रतिष्ठानको बारेमा प्रष्ट पारेको छ । तत्कालै निर्माण गरिएको प्रतिष्ठानले गर्ने बिभिन्न कामको बारेमा शार्माले प्रष्ट पारेको छ । शर्माले प्रतिष्ठानको मुख्य कामहरु क्ष्मता अभिबृद्धि गराउने, पत्रकार सुरक्षा,  अध्यान अनुसन्धान, जनचेतना अभिबृद्धि, सहकार्य, सूचनाको हक र पत्रकार आचारसंहिता लगायतको कामहरु गर्ने जनाए ।

निर्देशक शर्माले प्रतिष्ठानको उदेश्यहरुबारे पनि प्रस्ट पारेको छ । उनले सञ्चारकर्मीको पेशागत दक्षता अभिबृद्धि सम्बन्धी कार्य गर्ने, पत्रकारिता पेशाको संरक्षण र विकासका लागि अनुसन्धान गर्ने, प्रदेशमा कार्यरत पत्रकारलाई आवश्यकता अनुसार प्रशिक्षणको व्यवस्था गर्ने जस्ता यसको उदेश्यहरु रहेको निर्देशक सर्माले बताए ।

अन्तरक्रियामा प्रतिष्ठान बारे र आचारसंहिता बारे गरी दुई ओटा कार्यक्रमा राखिएको थियो । प्रतिष्ठानबारे निर्देशक शर्माले प्रस्ट पारेको र आचार संहिता बारे बरिष्ट पत्रकार कौशल चेम्जोङले प्रष्ट पारे ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: