Monday, June 22News That Matters

उदयपुरमा पनि थपिए ६ संक्रमित

पूर्णपुष्टि, बैशाख १७

दोस्रो चरणको कारोना लहर सँगै पछिल्लो समय उदयपुरमा पनि ६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यलयका अनुसार एन्टिजिन विधिबाट ४ जना र पिसिआर बिधिबाट २ जना गरी ६ जना संक्रमित जिल्लामा थपिएको जनाएको छ ।बिहीबार दिउँसो कार्यालय परिषरमा एन्टिजिन विधीबाट ११ जनाको स्वाव परीक्षण गर्दा रौतामाई गाउँपालिका वडानं ५ का ६८ बर्षिय, त्रियुगा नगरपालिका ८ का ३३ बर्षिय पुरुष र त्रिनपा ६ का २६ र २८ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।यता ५ जनाको पिसिआर टेष्ट गर्दा २ जना पुष्टि भएको छ । यो सँगै जिल्लामा दोस्रोचरणको कोराना भाइरसको लहरबाट संक्रमित हुनेको संख्या बीस पुगेको छ ।

हालसम्म संक्रिय संक्रमितको संख्या १७ रहेको छ । स्थानीय तहसँगको समन्वयमा ९ जना होम आईसोलेसन र ८ जना क्वारेन्टिनमा बसेका छन् ।