उदयपुरमा पनि भोली देखी नेपाली कांग्रेसको समुदायसँग जनता अभियान संञ्चालन हुने

पूर्णपुष्टि, १५ माघ ।
नेपाली कांग्रेस उदयपुरले मंगलबारदेखी समुदायसँग कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । देशैभर संञ्चालन हुने उक्त कार्यक्रम उदयपुरमा पनि भोली देखी सुरु हुने पार्टी कार्यालय उदयपुरले जनाएको छ । कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्दै कांग्रेस उदयपुरले २६ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिएको हो ।

नेपाली कांग्रेसलाई मजबुत र समुदायमा विश्वाशीलो बनाउने उदेश्यका साथ अभियान संचालन गर्न लागिएको पार्टीले जनाएको हो । भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधीको रुपमा आएकी सुशिला ढकालले कांग्रेसले जे गरेपनि जनताका लागी गरेको र जनताको लागी गर्ने बताईन् । ०८४ मा कांग्रेसलाई नै भोट दिन पुर्छ भन्ने गन्तव्यमा पु¥याउनका लागी सामाजिक, आर्थिक, राजनितिक, औद्योगिक र कृषी क्राक्ति गर्नका निम्ति यो अभियान सञ्चालन गरिएको उनले बताए ।

नेपाली युवालाई बिदेश नपठाई औद्योगिक हिसाबले नेपालमा बसाएर काम गर्न सकिने उनले बताए । युवाहरुलाई टोल र गाउँमा औद्योगिक र कृषी आन्दोलका रुपमा मिल, सिलाई मिसिन, कल कारखाना यस्ता थुप्रै सम्भावनालाई सिर्जनाका रुपमा ल्याउनलाई संचालित गराउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0