Tuesday, April 21News That Matters

उदयपुरमा पालिका स्तरीय १५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

पूर्णपुष्टि, जेष्ठ २० । उदयपुरमा पालिका स्तरीय १५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार त्रियुगा नगरपालिका वडा नं. १३ स्थित थारुहट रंगशालामा ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ उदयपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा २ दिने रनिङ शिल्ड संचालन भएको हो ।

यस रनिङ शिल्डमा उदयपुर जिल्ला भरिका नगरपालिका र गाउँपालिकाको प्रतिनिधित्व गर्दै आएका विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछ । रनिङ शिल्डमा समावेश गरिएका ६ विधाका खेलहरुमा उसु, कराते, कबड्डी, भलिबल, तेक्वान्दो र एट्लेटिक्स रहेको छ । पालिका स्तरीय रनिङ शिल्ड विजेताले उदयपुरको प्रतिनिधित्व गर्दै यहि जेष्ठ २५,२६ र २७ गते हुने कोशी प्रदेश राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउने छ ।