
पूर्णपुष्टि, १९ जेष्ठ ।
गाईघाटका एक पसलमा ग्राहाक कुटिएको छ । त्रियुगा नगरपालिका वडा नं ११ पुरानो गाईघाट निवासी सुभनारायण ठाकुर ९वेनी० लाई सोमवार पसलमै कुटपिट गरिएको हो । ठाकुरलाई छिमेकी रमितलाल चौधरीका छोरा २१ बर्षिय प्रसान्त चौधरी र त्रियुगा नगरपालिका वडा नं १२ बुद्ध चोकका अन्दाजी ३० बर्षिय सन्जु चौधरीले समेत गरी दुईजनाले कुटपिट गरेको हो ।

कुटाई खाने ठाकुर नानीका लागि भनेर बिहानपख पाउरोटी लिन पसल गएका थिए । पसलमा जाँदा ढुसी परेको पाउरोटी फेला पारेपछि पत्रकारलाई फोटो खिचेर पठाएका थिए । उक्त फोटो सँगै पसलमा पत्रकार सहित पुगेका ठाकुरले यस्तो गुनस्तरहिन सामाग्री बेच्न नहुने भन्दे सुझाएका थिए । पसले र ठाकुरबीच सामान्य छलफल पछि फ्याक्ट्रीलाई कार्वाही गर्नु पर्छ भन्दै हिड्न लाग्दा पछाडीबाट प्रशान्त चौधरी लगायतका व्यक्तिहरुले अचानक कुटपिट गरेका थिए । उनले पसलमाथी उति ठुलो आरोप नलगाएको भएपनि सम्पूर्ण दोष फ्याक्ट्रीकै भएको गुणासो गरेका थिए । तर उनलाई पसलकै भतिजा पर्ने प्रसान्त चौधरीले निर्घात कुटपिट गरेको हो ।
पत्रकार लिएर गुणासो गर्न गएको भन्दै कुटपिट
पत्रकार लिएर गएको भन्दै ति व्यक्तिहरुले ठाकुरमाथी निर्घात कुटपिट गरेका थिए । किन बाठो भईस भन्दै उनिमाथी अचानक हातपात भएको हो । कुटपिटको क्रममा ठाकुरको आँखामाथी, गाला र नाँखमा चोट लागेको छ ।

उनको अनुहार पूर्ण रुपमा सुन्नीएको छ । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार गरिएको छ भने कुटपिट गर्नेहरुमाथी जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिईएको छ ।
कुन फ्याक्ट्रीबाट ल्याईएको थियो ढुसी परेको फाउरोटी
त्रियुगा नगरपालिका वडा न ५ देउरीमा उत्पादीत पाउरोटी सडेको अवस्थामा त्यस पसलमा फेला परेको थियो । उक्त पाउरोटी उदयपुर पाउरोटी बेकरी देउरीको रहेको पाईएको छ ।

पाउरोटीमा डेट रहेको भएपनि भित्र सबै कुहिएको र ढुसी परेको थियो । पाउरोटीमा डेटहरु पनि क्लियर छैन । चौधरीका अनुसार फ्याक्ट्रीबाटै ढुसी परेको पाउरोटी आफुहरुलाई छाडेको जनाए । आफुले पनि ख्याल नगरी दिँदा सिल प्याक पाउरोटीमा ढुसी परेको थाहापाएको जनाए । सिल प्याक रहेको पाउरोटीमा ढुसी परेकोबारे ग्राहाकले आफुलाई देखाउँदा मात्रै थाहापाएको संञ्चालक चौधरीको भनाई छ । यता फ्यक्ट्रीले भने गर्मीका कारण चाँडै ढुसि परेको हुन सक्ने जनाए । पसलले पनि थाहानपाएर बिक्रि गरेको हुन सक्ने उनको भनाई छ । तर बासी र डेट नाघेको पाउरोटी आफुहरुले फिर्ता गर्ने गरेको जनाए ।

