Sunday, March 16News That Matters

उदयपुरमा प्रतिबन्धित औषधि सहित २ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा प्रतिबन्धित औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी–३ बस्ने ३१ बर्षीय चन्द्र कुमार सुनुवार र कटारी–४ बस्ने ३५ बर्षीय तेजेन्द्र सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक डिएसपी हरिनन्दन चौधरीका अनुसार मंगलबार बिहान ११ बजेको समयमा कटारी १ बेसोत सिन्धुली भित्री सडक खण्डबाट उनिहरुलाई बिल बिनाको नियन्त्रित औषधिहरु सहित पक्राउ गरिएको हो ।

उनिहरुको साथबाट डि–कोफ ट्याबलेट–१०० चक्कि, टेनाग ट्याबलेट–१८९० चक्कि, स्पास्मो ट्याबलेट–१५०० चक्कि, कोफ ट्याब – डि ट्याबलेट–१४ चक्कि गरी अन्दाजि ३८ हजार मुल्य बराबरको अवैध औषधी बरामद भएसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधि विभाग कार्यालय बिराटनगर पठाईएको डिएसपी चौधरीले जनाए ।