Monday, July 6News That Matters

उदयपुरमा फरार प्रतिबादी लागुऔषधसहित पक्राउ

उदयपुर, चैत्र २९

उदयपुरमा फरार प्रतिबादी लागुऔषधसहित एक जना पक्राउ परेको छ ।  त्रियुगा नगरपालिका–११ का ३० बर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको हो ।

आज दिउसो साढे १० बजे बिशेष सुचनाको आधारमा सोही स्थानबाट उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्राम, तौल नाप्ने डिजीटल मेशिन थान १, बिभिन्न कम्पनीका मोबाईल थान १०, सिमकार्ड  थान ९ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गत माघ १६ गते देखी कार्की ब्राउन सुगर बिक्री बितरण मुद्धामा फरार प्रतिबादी समेत रहेको जिप्रका उदयपुरले जनाएको छ ।