Tuesday, March 25News That Matters

उदयपुरमा बन र गाली बेज्जती मुद्धाका १० फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, कार्तिक २३ । उदयपुरमा बन र गाली बेज्जती मुद्धाका १० फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–१ का गोविन्द ठाकुर, महिन्द्र राई, चन्द्र बहादुर रोक्का कार्की, बुद्धिमान तामाङ, चन्द्र तामाङ, बे.न.पा.२ का जय प्रकाश चौधरी, सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिालाबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा जिल्ला अदालतबाट सजाय तोकिएका उनिहरुलाई पक्राउ गरेको हो ।

बन मुद्धामा जिल्ला अदालतले २०७१।०२।२१ गतेको फैसलाले गोबिन्द ठाकुरलाई २ महिना २० दिन कैद र रु. ४५ हजार ९८ रुपैँया जरिवाना, २०७३।०३।१६ गतेको फैसलाले महिन्द्र राईलाई १७ दिन कैद, चन्द्र बहादुर रोक्का कार्की र बुद्धिमान तामाङलाई २ महिना कैद, २०७५।०९।०६ गतेको फैसलाले जय प्रकार चौधरीलाई रु. २९ हजार ३ सय ६२ रुपैँया जरिवाना तोकेको डिएसपी चौधरीले बताए ।

त्यस्तै गाली बेइज्जती मुद्धामा जिल्ला अदालतको २०७३÷१२÷०५ गतेको फैललाले सहदेव चौधरी, संगिता चौधरी र मानती चौधरीलाई रु. ५–५ सय रुपैँया जरिवाना तोकेता पनि फरार भएका उनिहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।