Saturday, May 30News That Matters

उदयपुरमा बालिका करणी गर्ने सप्तरीका युवा पक्राउ

पूर्णपुष्टि, कार्तिक ८
उदयपुरमा ६ बर्षिय बालिका करणी गर्ने सप्तरीका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ साईखोला बस्ने २० वर्षिय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको जनाएको छ । पक्राउ परेकोलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।