
पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको बेला नगरपालिका वडा नं. ९ भचुवा स्थितबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २१ बर्षीय दिवस वि.क. रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार बुधबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित वि.क. लाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखि थप अननुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।