Wednesday, April 29News That Matters

उदयपुरमा ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा चालक घाईते

पूर्णपुष्टि, बैशाख २६ । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जंंगलमा ट्रक दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुनेमा सिराहाको लहान नगरपालिका–३ बस्ने अन्दाजी ५५ बर्षीय मनशी यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार शुक्रबार दिउँसो २ बजेको समयमा लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र २–०१–००१ ख ००४५ नम्बरको सामान लोड रहेको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी चालक यादव घाईते भएका छन् भने सहचालकहरु सिराहाको ननकारकटी गाउँपालिका– २ बस्ने अन्दाजी ४७ बर्षीय चन्देश्वर यादव र लहान न.पा. ०८ बस्ने ४५ बर्षीय मो. साहजत मिया भने सकुसल रहेका छन् । घाईते चालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।