Monday, May 11News That Matters

उदयपुरमा (मेडपा) कार्यक्रम अन्तर्गत ८५ जना उद्यमीलाई प्रविधि हस्तान्तरण

पूर्णपुष्टि,असार ४ । जिल्लाको त्रियुगा नगरपालिकाले (मेडपा) कार्यक्रम अन्तर्गत बिभिन्न नयाँ उद्यमीलाई व्यवसाय गर्न सहयोग पुगोस भनेर उद्देश्यका साथ सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले आईतवार एक कार्यक्रमको आयोजना गरी विभिन्न ८० प्रतिशत अनुदान र उद्यमीहरुको २० प्रतिशत लगानीमा ८५ उद्यमशीलता तालिम लिएकाहरुलाई गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत विभिन्न सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।

विभिन्न व्यवसाय गर्न सीप सिकेका नगरभित्रका विपन्न नगरबासीलाई घरेलु उद्योग संचालन गर्नका लागि नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त सामाग्री हस्तान्तरण गरेको नगरपालिकाको उद्यम विकास शाखाका प्रमुख विष्णु खत्रीले बताए । खत्रीका अनुसार गरिबीको रेखा मुनी रहेका नगरबासीलाई व्यवासायिक तालिम प्रदान गरिसकेपछि व्यवासाय गर्न सहयोग होस भनेर करिब १० लाख बराबरको सामाग्री वितरण गरिएको छ ।

नगरप्रमुख बसन्त कुमार बस्नेतले उपकरण हस्तान्तरण गर्दै नगरपालिकाले प्रदान गरेको सामानको सही सदुप्रयोग गर्न आग्रह गरेका छन् । उनले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमबाट माछा हैन बल्छी दिएको छ, अब तपाईहरुले आफैले माछा मारेर खानु पर्ने छ ।’ नगरप्रमुख बस्नेतले भन्नुभयो ‘सामान प्राप्त गर्नेहरुलाई नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट नियमित अनुगमन गर्नुका साथै व्यवासाय विस्तार गर्न आवश्यक भए नगरपालिकाले पुनः सहयोग गर्ने छ ।’

यता नगर उपप्रमुख महेश्वरी राईले समान खरिदमा ८० प्रतिसत नगरपालिकाको बजेट र २० प्रतिसत स्वयम उद्यमीको लगानी रहेकाले सित्तैमा प्राप्त गरेको समाग्री भनेर दुरुप्रयोग नगर्न अनुरोध गरेका छन् । उनले भने “धेरै जनाले तालिम लिनु भएको तर काम गर्न खोज्ने तर लगानी नभएका उद्यमीहरुको पहिचान गरेर यी समानहरु दिईएकाले आफु सन्तुष्ट रहेको” बताईन् ।

तरकारी खेती गर्ने नयाँ ५० जना उद्यमीहरुलाई मल्चिङ रोल, स्प्रे, हजारी, पानी तान्ने मोटर, क्यारेट, मुडा उत्पादनको लागि ६ जनालाई हम्बर, ह्याक्सो फ्रेम, कचक, छिनो, ग्यालेण्डर साथै दालमोट भुजिया ७ जनालाई भुजिया मेसिन, झाजर, आरी, भण्डु कराई, झिर र नाङ्लो वितरण गरिएको सहजकर्ता सुभारण चौधरी र अन्नुपूर्ण रसाइलीले बताए ।

यस्तै दालमोठ भुजिया बनाउने ७ जनालाई भुजिया मेसिन, झाँज, आरी, भड्डुको कराई, झिर र नाङ्लो बितरण गरिएको नगर उद्यम शाखाका उद्यम सहजकर्ता शुभारण चौधरीले बताइन । चौधरीका अनुसार मोबाइल र मोटरसाइकल मर्मत गर्ने ५ जनालाई टुल बक्स, चिम्टा, पिलास र सोल्डर आइरन र तेस्मा प्रयोग हुने पेस्टर थर्मल प्रदान गरिएको छ ।