
पूर्णपुष्टि, चैत २ ।
उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका– ३ कि ७६ वर्षीया बृद्धा राम माया आलेको मृत्यु भएको हो ।
आज बिहान पौने ११ बजे पैदल हिडिरहेकी आलेलाई स.७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्करदिदाँ घाईते भएकी थिईन् । घाईतेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
