
पूर्णपुष्टि, चैत्र २२ । उदयपुरको कटारी नगरपालिका–४ मुसहरी टोल स्थित मदन भण्डारी राजमार्गमा मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार बिहिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशा बाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा सिन्धुलीको दुधौली नगरपालिका ५ घारीथुम्सी बस्ने ७१ बर्षीय अमर बहादुर सुनुवार गम्भीर घाइते भएका थिए ।
घाईते वृद्धलाई तत्काल कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक कटारी नगरपालिका ६ गेरुवा बस्ने २३ बर्षीय अनन्त मगर र सोही मोटरसाईकल पछाडी सवार १ जनाको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । दुर्घटना भएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय कटारीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।