
पूर्णपुष्टि, चैत्र १५
उदयपुरमा आज बाट म्यादी छनोट प्रक्रिया सुरु भएको छ । मंगलबार विहान बाट जिल्ला प्रहरी कार्यालयमा छनोट प्रक्रिया सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास चन्द्र बोहोराका अनुसार ९ सय जनाको कोटामा झण्डै ४ हजारको हाराहारीमा आवेदन परेको जनाएको छ ।

जसमा पुरुष २८ सय ४४ जना रहेको छ भने महिला १ हजार ७० जना रहेको छ । एसपी बोहोराले बिभिन्न चरणहरुमा छनोट गर्दै अन्तिममा इन्टरभ्यु पश्चात ९ सय जनालाई छनोट गरी स्थानीय चुनावमा माथीको निर्देशन अनुसार खटाईने जनाएको छ । छनोट प्रक्रियामा ब्यारिङ, रनिङ जस्ता महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्दै अन्य बिभिन्न चरण पार गरेपछि मात्र छनोट गरिने एसपी बोहोराले बताए ।


