Wednesday, April 22News That Matters

बहुविवाह मुद्दामा सजाय तोकीएका २ जना पक्राउ

पूर्णपुष्टि, चैत १५ ।
बुहुविवाह मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपालीलाई प्रहरीले पक्राउ गरको हो ।
सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगामाया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।