
पूर्णपुष्टि, चैत १५ ।
एक तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ गरेको छ । करणी गरेको अभियोगमा पाल्पाको तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पुनले ती बालिकालाई आइतबार बेलुकी करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
