Sunday, May 3News That Matters

उदयपुरमा लागुऔषध मुद्धाका फरार एक पक्राउ

पूर्णपुष्टि, चैत्र २३ । उदयपुरमा लागुऔषध मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने २८ बर्षीय नविन चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतको मिति २०८०÷०२÷१४ गतेको फैसलाले लागत नं. ३८९९ भएको लागु औषध मुद्धामा २ महिना ११ दिन कैद सजाय र २७ हजार रुपैँया जरिवाना तोकेको थियो । फरार रहेका चौधरीलाई गोप्‍य सुचनाको आधारमा शुक्रबार निजकै घर वतनमा लुकी छिपी बसी रहेको अवस्थामा जिप्रका बाट खटिएको बिषेश प्रहरीले टोलीले पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।