Sunday, April 19News That Matters

उदयपुरमा लागुऔषध सहित एक जना पक्राउ

पूर्णपुष्टि, बैशाख १३ । उदयपुरको बेलका नगरपालिका–९ रामपुरबजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानबस्ने ३२ बर्षीय कम्लेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत आईतबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा निजको बस्नेतको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम फेलापारी बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।