Wednesday, June 10News That Matters

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

पूर्णपुष्टि, साउन १३

उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ बर्षीय निर्मल घिसिङ रहेका छन् ।

हिजो अपरान्ह साढे ४ बजे अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागुऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो । पक्राउ परेका घिसिङको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट थप अनुसन्धान भईरहेको छ ।