Wednesday, June 10News That Matters

हरिणको दुईथान सिङ सहित एक जना पक्राउ

पूर्णपुष्टि, साउन १३

प्रहरीले हरिणको सिङ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन् ।

बिशेष सुचनाको आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो । अबैध हरिणको सिङ बरामद भए पश्चात ऋषिदेवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको छ ।