Wednesday, June 10News That Matters

ब्राउन सुगर सहित दाजुभाई पक्राउ

पूर्णपुष्टि, साउन १३
झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टा स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत Sikkim 737134 बस्ने ३० बर्षीय मेगबिर लिम्बू र उनकै भाई २३ बर्षीय बुद्धबिर लिम्बू रहेका छन् ।

हिजो पुर्वान्ह साढे ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।