Friday, May 1News That Matters

उदयपुरमा लागुऔषध सहित २ युवा पक्राउ

पूर्णपुष्टि, असोज १७ ।उदयपुरमा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौडण्डीगढी नगरपालिका–४ सिद्दिपुर बस्ने १९ बर्षीय दिपेन राई र सोही पालिकाको वडा नं. ६ झोडापाटा बस्ने २६ बर्षीय अनिल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार अन्दाजी दिउँसो ४:४४ बजेको समयमा बेलका नगरपालिका–१ अस्थाई प्रहरी बिट आम्बासि स्थितमा सप्तरी जिल्लाको फत्तेपुरबाट उदयपुरतर्फ पैदल आउदै गरेको उनिहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको हो ।

प्रहरीले उनिहरुको साथबाट PROMETHAZINE(प्रोमेथाजिन) १ एम्पुल ,LEEGESIC (लिजेसिक) २ एम्पुल,PHENARGAN (फेनेर्गन)१ एम्पुल, नाईट्रोसन ७ ट्याबलेट बरामद गरेसँगै दुबै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेको दुबै जनालाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई मंगलबार जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।