Thursday, June 4News That Matters

उदयपुरमा लागुऔषाध सहित एक युवा पक्राउ

पूर्णपुष्टि, बैशाख २१
उदयपुर प्रहरीले एक युवालाई लागुऔषाध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ बसपार्क बाट त्रिनपा १२ बस्ने १९ बर्षिय पंकु मल्लिकलाई सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । लागुऔषाध नियन्त्रण अभियान संचालन अन्तरर्गत मल्लिकलाई पक्राउ गरिएको हो । उनको साथ बाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल ,फेनार्गन ८ एम्पुल गरी जम्मा २४
एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको छ । पक्राउ परेको मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट दिन ६ म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाउको छ ।