
पूर्णपुष्टि, भदौ १७ । उदयपुरमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बासबारी निवासी ३० वर्षीय दिपक मल्लिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० राजन चापागाईंका अनुसार, गत शनिबार प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा मल्लिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मल्लिकको साथबाट बुप्रिनोर्फिन–८ एम्पुल, प्रोमेथजिन–७ एम्पुल, डाइजेपाम–८ एम्पुल गरी जम्मा २३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनको सम्बन्धमा जिल्लाअदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
