Tuesday, January 14News That Matters

उदयपुरमा वन मुद्धाका तिन फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, कार्तिक १९ । उदयपुरमा वन मुद्धाका तिनजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गा.पा.६ भस्सुवा भुमरे बस्ने ५४ बर्षीय चन बहादुर बिष्ट, ४८ बर्षीय भिम बहादुर अधिकारी र ४५ बर्षीय हरी बहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतबाट २०७४।०९।२० गते वन मुद्धामा २ महिना ७ दिन कैद सजाय तथा रु. ४ लाख ६ हजार ३ सय ५१ रुपैँया जरिवाना तोकेतापनी हाल सम्म फरार रहेको उनिहरुलाई शुक्रबार पक्राउ गरिएको हो । उनिहरुलाई अस्थाई प्रहरी पोष्ट नेपलटारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उदयपुरगढी गा.पा.६ बाट पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जनालाई फैसला कार्यान्यनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बनाए ।