Wednesday, April 22News That Matters

उदयपुरमा व्यावसायीक राँगा पालन र बेसारखेती ब्यापक बनाइ किसानकाे जनजिवन उकासिने

पूर्णपुष्टि, भदौ २० ।

उदयपुरको त्रियुगा नगरपालिकामा कृषी क्षेत्रमा आकर्षण बढाउने उदेश्यका साथ कृषकलाई सहज रुपमा ऋण कसरी उपलब्ध गराउन सकिन्छ भन्ने बारेमा वित्तिय संस्था, कृषी उद्यमी तथा सरोकारवालाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार जिल्ला सवन्वय समिति उदयपुरको आयोजनामा डाईमण्ड एग्रिकल्चर फर्म प्रालि र टर्मो एगी्र हर्मो प्रोडक्ट एण्ड प्रोसेसिङ प्रालि सुनसरीको सहजिकरणमा समन्वय समितिको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको हो ।

‘साझा लक्ष्य सबैको साथ, उदयपुरको विकासमा मिलाऔँ हात’ भन्ने मूल नाराका साथ सम्पन्न अन्तरक्रियामा राँगा पालन गर्ने र बेसार, अदुवा खेती गर्ने कृषकलाई बिना धितो ऋण उपलब्ध गराउने बिषयमा अन्तरक्रिया भएको हो । कृषकहरुले उत्पादन गरेको राँगा सहजकर्ता संस्थाहरुले खरिद गर्नेछ भने खरिद गरेको राँगा चीनमा आपुर्ती हुनेछ । त्यस्तै कृषकहरुले उत्पादन गरेको अदुवा खरिद गरी विभिन्न देशमा आपुर्ती गरिने छ ।

चीन सरकार र हिमालयन फुड इन्टरनेशनल प्रा.ली. बीचको सम्झौता अनुसार नेपालबाट बार्षीक रुपमा १८ लाख २५ हजार राँगा आपुर्ती गरिनेछ । हिमालयन फुड इन्टरनेशनल प्रा.ली. ले नेपालका राँगा तथा घाँस उत्पादन गर्ने कम्पनीहरु सँग सम्झौता गरेर चीनमा राँगा आपुर्ती गर्न लागेको हो ।

हिमालय फुड इन्टरनेशनल प्रा.ली. सँगको राँगा आपुर्ती सम्झौता अनुसार डाईमण्ड एग्रिकल्चर फर्म प्रा.ली. ले कोशी प्रदेश र मधेश प्रदेशबाट बार्षीक १० लाख ९ हजार ५ सय वटा राँगा आपुर्ती गर्नेछ भने घाँस खेति सम्झौताको लागी पहल भईरहेको फर्मका अध्यक्ष बलदेव चौधरीले बताएका छन् । त्यस्तै हिमालय फुड इन्टरनेशनल प्रा.ली. र टर्मो एगी्र हर्मो प्रोडक्ट एण्ड प्रोसेसिङ प्रालि सुनसरी बीच अदुवा आपुर्ती गर्ने सम्झौता भएको छ ।

सोही अनुरुप कोशी प्रदेशमा ३ लाख कृषकलाई व्यवसायीक राँगा पालनमा जोड्न पहल सुरु भएको हो । राँगाको उत्पादन बढाउन कृषकलाई सहज रुपमा ऋण उपलब्ध गराउन पहल सुरु भएको हो । आयोजक समितिका अध्यक्ष बलदेव चाैधरीले काेशी प्रदेशलाइ समेटेर बृहद कार्यक्रम ल्याइने भएपनि हाललाइ उदयपुरलाइ प्राथमिकतामा राखिएकाे छ ।