Wednesday, April 22News That Matters

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १३ पुग्यो

पुर्णपुष्टि, २३ भदौ ।
जेन्जी पुस्ताको आन्दोलनमा प्रहरीका दमनले १३ प्रदर्शनकारीको मृत्यु भैसकेको छ । थप तिन जनाको एभरेस्ट अस्पतालमा मृत्यु भए सँगै मृत्यु हुनेको संख्या १३ पुगेको छ।

सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी घाइते भएका तीन जनाको एभरेष्ट अस्पतालमा मृत्यु भएको एक डाक्टरले बताए।

योसँगे मृत्यु हुनेको संख्या १३ पुगेको छ । सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको हो।

घाइते कति जना छन् भन्ने यकिन छैन।