Wednesday, April 22News That Matters

प्रधानमन्त्री ओलीको घरमा तोडफोड प्रयास, प्रहरीले गर्‍यो दुई राउण्ड हवाई फायर

पूर्णपुष्टि, २३ भदौ ।
जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा तोडफोड प्रयास गरेका छन्।

दमक प्रहरीका एक अधिकृतले दिएको जानकारी अनुसार नगरपालिका तोडफोड र आगजनी गरेर अघि बढेका प्रदर्शनकारीले ओलीको घरमा ढुंगामुढा गरेका थिए।

त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको ती अधिकृतले जानकारी दिए।

‘अहिले स्थिति नियन्त्रणमै छ तर प्रदर्शनकारी वरिपरि नै छन्,’ उनले भने।