
पूर्णपुष्टि, साउन १४
उदयपुरमा सम्बन्ध बिच्छेदका घटना बढ्न थालेको छ । आर्थिक बर्ष ०७८÷०७९ मा मात्र ४१४ वटा सम्बन्धविच्छेदका घटना अदालतमा दर्ता भएका छन् । सो मध्ये अधिकाशं फैसला भैसकेका छन् ।
पछिल्लो समय स्वच्छन्दता बढ्नु, बैदेशिक रोजगारी लगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् । सम्बन्धविच्छेदका घटना बढ्दै जादा नाबालक छोराछोरीको भबिष्यमाथी नकारात्मक असर पर्दै गएको छ ।
