उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन निषेध

पूर्णपुष्टि, कार्तिक २० । उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनमा निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक सुचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा र सुर्ती सेवन निषेध गरिएको जनाएको छ ।

धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागी अत्यन्त हानिकारक भएकोले सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा २०८०÷७÷१८ गते त्रियुगा नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसार जिल्ला भर सार्वजनिक स्थलमा धुम्रपान तथा सुतीजन्य पदार्थ सेवनमा निषेध गरिएको कार्यालयले जनाएको छ ।

सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिहरुबाट हुने प्रयोगलाई निरुत्साहिक गर्ने, सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने, गराउने कार्यको लागी गरिने नियमन तथा नियन्त्रण सम्बन्धी कार्यमा सहयोग गर्न सम्बद्ध सबैमा जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुरोध समेत गरेको छ ।

साथै, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कसैले शिक्षण तथा स्वाथ्य संस्थाको वरिपरी एक सय मिटर भित्रको घर तथा पसलबाट सुर्तिजन्य पदार्थ विक्रिवितरण गर्न नपाईने कानुनी व्यवस्था विद्यामान रहेकोले उक्त प्रावधानको उल्लघन गर्ने र सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने समेत सुचनामा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
1