
पूर्णपुष्टि, असार १ । उदयपुरमा सुनको सिक्रि चोरी गरी भाग्दै गरेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगंञ्ज महानगरपालिका वडा नं. २० बस्ने अन्दाजी १९ बर्षीय सचिन राजपुत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार अन्दाजी ९ बजेर ४५ मिनेटको समयमा चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारबाट सोही स्थान बस्ने २ जना स्थानीय महिलाहरुले घाटीँमा लगाएको अन्दाजी १२ र १० आनाको २ वटा सिक्रि थुती भाग्ने क्रममा राजपुतलाई प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राजपुतलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
