Tuesday, June 9News That Matters

उदयपुरमा स्ववियु निर्वाचनको तयारी धमाधम

पूर्णपुष्टि,फागुन २१ । उदयपुरको बिभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको छ । जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियु रहेका छन् । ती सबैमा चुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ ।

क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् । क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो ।