Wednesday, June 3News That Matters

स्वास्थ्यकर्मी माथी हात पात भएको भन्दै बन्द गरिएको जिल्ला अस्पताल उदयपुर सुचारु

पूर्णपुष्टि, फागुन २३
उदयपुरमा गर्भवती महिलाकोे मृत्युृको कारण तनाव सिर्जना भएको जिल्ला हस्पिटल उदयपुर पुन संञ्चालनमा आएको छ । चार दिन देखी बन्द सो अस्पताल संञ्चालनमा आएको जनाईएको छ । हस्पिटलले विज्ञाप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी हातपात भएको भन्दै बन्द गरिएको अस्पताल संञ्चालनमा आएको उल्लेख गरेको छ ।
बिज्ञाप्तीमा दोषिलाई कार्वाहीको माग समेत गरिएको छ । दोषिलाई कार्वाही नभए सम्म अन्य हिसाव बाट आफुहरुको आन्दोलन जारी राख्ने भन्दै जनताको सेवा र विरामीको उपचारनै आफ्नो मुल कर्म रहेकाले अस्पताल सेवा सुचारु गरेको डा. मुकेश कुमार झा हस्ताक्षर विज्ञाप्तीमा उल्लेख छ ।

गत शुक्रबार राती उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी ३२ बर्षिया गर्भवति सिता कार्कीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि हातपात र अस्पतालमा तोडेफोड गरेका थिए । अस्पताल परिषरभित्र डिउटीमा रहेका स्वास्थकर्मीमाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा उत्रिएका उनीहरुले शान्तिसुरक्षाको प्रत्याभूती नभएसम्म सेवा सुचारु गर्न नसकिने भन्दै आकस्मिक वाहेक सबै सेवा ठप्प पारेका थिए । हातपात र तोडफोडको बिषयमा अस्पताल प्रशासनले आईतबार छानविन गरी दोषिमाथि कारवाहीका लागि प्रशासनलाई अनुरोध गरेपछि स्वास्थ्यकर्मीले विरोधका कार्यक्रम जारी राख्दै काममा फर्किएका हुन् ।

विज्ञप्तिमा आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि लगाएका लापरवाही जस्ता आरोपमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गर्भवति महिला स्थानीय स्वास्थ्य संस्थामा जाँच गराएको र वच्चा पाउने मिति ७ दिन कटेपछि पनि व्यथा नलागेपछि अस्पतालमा फागुन १८ गते भर्ना भई १९ गतेबाट नर्मल डेलिभरीका लागि प्रकृया सुरु गरिएको हो ।
सामान्यरुपमा व्यथा बढ्दै जाँदा सुत्केरी गराउने क्रममा अचानक स्वासप्रस्वासमा कठिनाई भएको र मुटुको चाल बन्द भएपछि सिपिआर दिएर विरामीको वचाउने कोसिस गर्दा गर्दै ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

पाठेघरको मुख पुरै खुलिसकेकाले सामान्य प्रकृयाबाट सुत्केरी गराउन खोज्दा खोज्दै एक्कासी श्वासप्रस्वासमा समस्या आएको डा. झाले बताए ।
उनले चिकित्सकको मेहनत र प्रयासलाई नजरअन्दाज नै नगरी विभिन्नि सामाजिक संजाल, संघसंस्था र मिडियामा समाचार आउनु दुःखद भएको बताए । घटनाको बिषयलाई ध्यानमा राखि वार्ता चलिरहँदा उत्तेजित समुहले तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात र ज्यानमार्ने धम्कि दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै दोषिउपर कारवाही गर्न अस्पताल प्रशासनले माग गरेको छ ।