लिम्चुङबुङमा उद्यम व्यवसायीक सीप विकास केन्द्र निर्माणको डिपिआर सम्पन्न

पूर्णपुष्टि, फागुन २३
लिम्चुङबुङ गाउँपालिकाले पछिल्लो समय विकासे कामहरुलाई तिव्र बनाएको छ । जनताहरुलाई पालिकामै आवश्यकीय वस्तु तथा सेवाको सुविधा गराउन तथा शहरी वातावरणमै काम सहज गराउन पालिकाले बिभिन्न जनताको मागहरु सँग सम्बन्धित रहेको विकासे योजनालाई अगाडी बढाएको हो ।

पालिकाले पर्यटकीय, कृषि, मनोरञ्जन, खेलकुद, पशुपालन लगायत बिभिन्न क्षेत्रहरुलाई समेट्दै त्यसको व्यस्थित संरक्षण र उत्पादनलाई ध्यानमा राखेर निर्माण योजना तथा संरक्षणको कार्यको लागि डिपिआर तयार गरेको छ । पालिकाले जनता धनी बनाउने उदेश्यले ऐतिहासीक गौरबको योजना अगाडी बढाउदै बाराहाको सिम्लेमा अवस्थीत नर्कटी पोखरी संरक्षण साथै कृषी उद्यम तथा व्यवसायीक सिप विकास प्रशिक्षण केन्द्र निर्माण हुने गरी डिपीआर सम्पन्न गराएको जनाए ।

यस अन्तर्गत बाराहा पोखरी नर्कटीको पोखरी लाई बदेल आक्रितीमा निर्माण गर्ने, पुरानो मन्दिरलाई २ तले नया निर्माण गर्ने र मन्दिर छेउमा गार्डेन फुल बगैचा निर्माण गरिने, ५० जनाको आवास सहीत भवन साथै ट्रेनिड हल निर्माण हुने, मन्दिर छेउमा भक्क्तालु जन लाई बस्ने विश्राम स्थल निर्माण गर्ने, सार्वजनिक सौचालय निर्माण हुने, पद यात्रा को लागी नर्कटी पोखरी देखी बाराहा पोखरी सम्म करीब ८०० मिटरको पैदल सिडी निर्माण गर्ने, फुटसल पार्क निर्माण गर्ने, पोखरी वरीपरी विश्राम स्थल निर्माण गर्ने, उक्क्त क्षेत्र वरी परी करीब ८० रोपनी जग्गा भित्र गाई, बाख्रा, कुखुरा, रागा, माछा, हास लगाएतका घर पालुवा जनावर लाई नमुना रूपमा स्थापना गर्ने र कृतीम गर्भधारण ए आई को लागी संरचना तयार गर्ने गरी डिपिआर तयार भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । यी जनताहरुको महत्वपूर्ण आवश्यकतालाई पुरा गरेमा गाउँमै आर्थिक आम्दानी र सुविधाले भरिपूर्ण बन्दै एक दिन पालिका र पालिकावासी नै धनि हुने अध्यक्ष राईले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0