Saturday, June 20News That Matters

उदयपुरमा हिजो र आज गरी ३३ कोरोना संक्रमित थपिए

पूर्णपुष्टि, साउन ४

उदयपुरमा हिजो र आज गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्या कार्यालय उदयपुरका अनुसार २० पुरुष र १३ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ६९० जना पुगेको छ ।

आज बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाका साथै ताप्ली गाउँपालिकामा संक्रमण देखिएको हो । बेलकामा ९ पुरुष र ५ महिला गरी १४ जना, चौदण्डीमा ३ पुरुष र ४ महिला गरी ६ जना, त्रियुगामा १ पुरुष र २ महिला गरी ३ जना, कटारीमा ४ जना पुरुष र ताप्लीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्या कार्यालयले जनाएको छ ।

जिल्लामा ११९ पुरुष र १०१ महिला गरी २२० जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोना निको हुनेको संख्या १ हजार ३०० पुरुष र १ हजार १२० महिला गरी २ हजार ४२० जना कोरोना मुक्त भएको स्वास्थ्या कार्यालयको तथ्याङकमा उल्लेख छ । उदयपुरमा कोरोनाबाट ३४ पुरुष र १६ महिला गरी ५० जनाको ज्यान गएको छ ।