उदयपुरमा ३ कोरोना संक्रमित थपिए, ६ संक्रमणमुक्त हुन बाँकी

पूर्णपुष्टि, कार्तिक ४
उदयपुरमा आज (विहिबार) थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितसंगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ५ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा र कटारी नगरपालिकाका रहेका छन् । त्रियुगाको वडा नम्बर १० का एक ४२ वर्षीय पुरुष र एक ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कटारीको वडा नम्बर ८ का एक ६० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।


जिल्लामा संक्रमणमुक्त हुनेको कुल संख्या १ हजार ८ सय ८० पुरुष र १ हजार ६ सय ३६ महिला गरी ३ हजार ५ सय १६ जना रहेका छन् । जिल्लामा संक्रमणमुक्त हुन बाँकी ६ जना मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६ पुरुष र १६ महिला गरी कुल ५२ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: