
पूर्णपुष्टि, वैशाख २१ गते ।
उदयपुरको आठवटै पालिकामा स्थानिय तहको निर्वाचनका लागि ५ सय १६ जना कर्मचारीहरु खटाईने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार एक सूचना जारी निर्वाचनमा मतदान अधिकृत २ सय ५८ र सहायक अधिकृत २ सय ५८ जना खटाईने जनाएको छ । कार्यालयले जिल्ला स्थित सबै मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरेको हो ।
त्रियुगामा १ सय ४०, बेलकामा ७०, कटारीमा ८६ र चौदण्डीगढी नगरपालिकामा पनि ८६ जना मतदान अधिकृत तथा सहायक अधिकृत गरी ३ सय ८२ जना कर्मचारीले चुनावमा काम गर्न पाउने छन् ।
यता, रौतामाईमा ३४, ताप्लीमा २४, उदयपुरगढीमा ५२ र लिम्चुङबुङ गाउँपालिकामा २४ जना गरी १ सय ३४ जनाको नाम सूचनामा उल्लेख भएको कार्यालयले जनाएको छ ।





